रुपन्देहीमा बस दुर्घटना, २० जना घाइते

सेयर गर्नुहोस्

१ मंसिर,काठमाडौं । रुपन्देहीमा बस दुर्घटना भएको छ । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर र ५ जनाको अवस्था मध्यम छ । बा।प्र।०३–००१ नम्बरको बस गएराति पौने १२ बजेतिर सडकबाट करिब ३÷४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८ यात्रुहरुमध्ये २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *