ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका असई पक्राउ

सेयर गर्नुहोस्

१ मंसिर, काठमाडौं । ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले कैलालीको धनगढीबाट सशस्त्र प्रहरी बलमा कार्यरत असईलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला घर भएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) रमेश भण्डारी छन् ।

स्वस्तिक अस्पतालबाट ल्यापटप चोरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अस्पतालबाट ल्यापटप चोरेको सीसीटिभी फुटेजमा देखिएको छ । असई भण्डारी पोखराको लामापाटनस्थित केन्द्रमा तालिम गरिरहेका छन् । उनी बिदा लिएर धनगढी पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *