मंसिर ७ गते माइतीघरमा प्रसाईं र युवा संघलाई छुट्टै ठाउँ तोकिने

सेयर गर्नुहोस्

४ मंसिर, काठमाडौं । सरकारले हिंसा भड्कन सक्ने भन्दै मंसिर ७ गते माइतीघर र यस आसपासका क्षेत्रमा कुनै पनि विरोध प्रदर्शन र नारा जुलुसका कार्यक्रम गर्न नदिने भएको छ । मंसिर ७ मा नेकपा एमालेको युवा संघ र दुर्गा प्रसाईं समूहले विरोधका कार्यक्रम राखेका छन् ।

उनीहरूका कार्यक्रमलाई ध्यानमा राखेर सुरक्षा निकायले माइतीघरमा कुनै पनि कार्यक्रम राख्न नदिने भएको हो । युवा संघ र प्रसाईं समूहका लागि सरकारले छुट्टा छुट्टै स्थान तोक्ने जनाएको छ । कुन ठाउँमा प्रदर्शन गर्न दिने भन्ने तय भइ नसकेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

गृह मन्त्रालय र सुरक्षा निकायका अधिकारी बसेर कुन क्षेत्रमा नारा जुलुस तथा शक्ति प्रदर्शन गर्न दिने भन्ने विषयमा छलफल हुनेछ । यसपछि तोकिएका क्षेत्रमा मात्र कार्यक्रम गर्न पाइनेछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै पक्षलाई उक्त स्थानमा कार्यक्रम गर्न नदिने गरी व्यवस्था मिलाउन लागेको जनाएको छ ।

पछिल्लो समय खुल्लमखुल्ला एक अर्कालाई चुनौती दिँदै आएका प्रसाईं र बस्नेतले एकै दिन कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले सुरक्षा व्यवस्थाका लागि भन्दै मण्डलमा कार्यक्रम गर्न उनीहरूलाई रोक लगाउने भएको हो । जिल्ला प्रशासन कार्यालयले सोमबार नै दुवै पक्षलाई छलफलका लागि बोलाएर छलफल पनि गरेको छ । छलफलमा आएमा छुट्टाछुट्टै स्थान तोकिदिने तर माइतीघर मण्डलमा कार्यक्रम गर्न भने नदिने बताइएको छ ।

दुई समूहबीच झडक हने आशंकामा प्रशासनले कार्यक्रम गर्न रोक लगाएको हो । प्रसाईंले देशभरीका मानिसलाई काठमाडौं उतार्ने बताएका छन् । प्रसाईंको कार्यक्रममा आएन दोलखा, रामेछाप र काठमाडौं आसपासका क्षेत्रका लागि १५ सय र टाढाका जिल्लाका लागि ५५ सयका दरले खर्च उठाइएको बताइएको छ ।

महाअभियानअन्तर्गत ललितपुर, भक्तपुर र काठमाडौंका विभिन्न ठाउँबाट ¥याली सुरु गरेर माइतीघर मण्डलामा कोणसभा गर्ने प्रसाईंको तयारी छ । तर, ७ मंसिरमै नेकपा ९एमाले०निकट युवासंघले समेत माइतीघरमै कार्यक्रम घोषणा गरेपछि युवा संघ र प्रसाईं दुवैको कार्यक्रम रोक्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको तयारी छ । युवा संघको आन्दोलन एमाले नेता महेश बस्नेतको नेतृत्वमा हुँदै छ । पछिल्लो समय नेता बस्नेत र प्रसाईं सार्वजनिक रुपमै आरोप पत्यारोपमा उत्रिएका छन् । केही समयअघि मात्रै प्रसाईंलाई युवा संघका कार्यकर्ताले मोसो दल्ने प्रयास समेत गरेका थिए । त्यसयता प्रसाईं र बस्नेतबीच झन् तिक्तता बढेको छ ।

७ मंसिरको कार्यक्रममा दुवै पक्षबीच मुडभेडको अवस्था आउन सक्ने सूचना सुरक्षा संयन्त्रसँग छ । अझ प्रसाईं र बस्नेतले एउटै ठाउँ माइतीघर मण्डलामा प्रदर्शन गर्ने समय तालिका सार्वजनिक गरेपछि मुठभेडको जोखिम बढेको हो । यद्यपि, जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै समूहलाई माइतीघर मण्डला प्रवेशमा रोक लगाउने गरी निषेधाज्ञा लगाउने तयारी गरेको छ । त्यसको लागि सोमबार सुरक्षा संयन्त्रसहित जिल्ला सुरक्षा समितिको बैठक बस्ने तयारी छ ।

७ गतेको कार्यक्रममा प्रसाईं समूहले अहिलेको व्यवस्थाप्रति नै घृणा फैलाउने खालको गतिविधि गर्न सक्ने गृहको विश्लेषण छ । आन्दोलन हिंसात्मक नहोस् भन्ने उद्देश्यले जिल्ला सुरक्षा समितिमार्फत उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक ९डीआईजी०को नेतृत्वमा नेपाली सेनाका कर्णेल, सशस्त्र प्रहरी बलका एसएसपी र राष्ट्रिय अनुसन्धान विभाग अधिकारीसहितको छुट्टै सुरक्षा टोली बन्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *