१३ लाखभन्दा बढी मूल्य बराबरका औंठीसहित तीन जना पक्राउ

सेयर गर्नुहोस्

५ मंसिर, काठमाडौं । रसुवागढी नाकाबाट १३ लाखभन्दा बढी मूल्य बराबरका औंठीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ  पर्नेहरुमा रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ गोङ्गाङ बस्ने २९ वर्षीय सुरेश तामाङ, सोही गाउँपालिकाको वडा नम्बर ५ तातोपानी बस्ने ३७ वर्षीय निमा टासी तामाङ र गोसाईकुण्ड गाउँपालिका-३ ब्रिदीम बस्ने २३ वर्षीय ङ्वाङ लोप्साङ तामाङ छन् ।

चीनबाट नेपाल आइरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको सशस्त्र प्रहरीको टोली र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार साँझ पक्राउ गरेको थियो । उनीहरुको साथबाट एकरएक थान बेरुवा औंठी बरामद भएको प्रहरीले जनाएको छ । ती औंठीको तौल १२ तोला रहेको र मूल्य १३ लाख ८८ हजार ४०० रुपैयाँ बराबरको रहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *