जुत्तामा आचार्य लेखिएकोमा आचार्य बन्धु समाजको आपत्ति

सेयर गर्नुहोस्

​​​​​​​४ मंसिर, काठमाडौं । जुत्तामा आचार्य लेखिएको भन्दै आचार्य बन्धु समाज नेपालले जुत्ता कम्पनीलाई अनुसन्धान गरी कारबाही गर्न माग गरेको छ ।

आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य र महासचिव शुभनराज आचार्यको एक टोलीले सोमबार जुत्तामा आचार्य लेखिएको भन्दै जुत्ता कम्पनीविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० मा निवेदन दिएको हो । महाराजगञ्जस्थित सिआइबीको कार्यालयमा आचार्य बन्धु समाज नेपालले निवेदन दर्ता गराएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी वरीष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले साइबर ब्यूरोमा अनुसन्धानका लागि पठाइने र प्रहरीले आफ्नो अधिकारअनुसार दोषीलाई कारबाही गर्ने बताएका छन् । 

                                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *