भारत सरकारले नेपाललाई हस्तान्तरण गरेको मुर्रा राँगा बुधबार नेपाल भित्रिने

सेयर गर्नुहोस्

५ मंसिर, काठमाडौं । भारत सरकारले नेपाललाई हस्तान्तरण गरेको मुर्रा राँगा बुधबार नेपाल भित्रिने भएका छन् । भारतलेले दिएको १५ वटा मुर्रा जातको राँगा बाँकेको नेपालगन्जस्थित रुपैडिहा–जमुनाहा नाकाबाट भोली भित्र्याउन लागिएको हो । नेपाली प्राविधिक टोली भारत गएर राँगाको परीक्षण मापदण्ड पुरा गरेसँगै भारतले राँगा हस्तान्तरण गरेको बताइएको छ । उन्नत जात मुर्रा राँगा नस्ल सुधारका लागि भारतबाट उपहार स्वरूप ल्याउन लागिएको बताइएको छ । राँगा नेपाल ल्याएपछि विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा, नेपालगन्ज र लहानु मा राखिने छ । पोखरा, नेपालगन्ज र लहानबाटै वीर्य उत्पादन गरिनेछ । सोही स्थानबाट वीर्य संकलन र संरक्षण गरिने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *