गण्डकी प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा श्रीकान्त खतिवडा नियुक्त

सेयर गर्नुहोस्

४ वैशाख, काठमाडौं । गण्डकी प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा तनहुँका श्रीकान्त खतिवडा नियुक्त भएका छन् ।  खतिवडालाई मुख्यमन्त्री खगराज अधिकारीले नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

उनी गत चैत २७ गतेकै मन्त्रिपरिषद् निर्णयअनुसार नियुक्त भएका हुन् । मुख्यमन्त्री खगराजले सदस्यमा माओवादी कोटाबाट पुनस् सुवास अधिकारीलाई नै नियुक्त गरेका छन् । सरकार फेरबदल हुँदा अधिकारी चौथोपटक सदस्य नियुक्त भएका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *