नेपाल टेलिकमबाट यसरी हेर्नुहोस् एसईईको रिजल्ट

सेयर गर्नुहोस्

१३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले बिहीबार बिहान नतिजा सार्वजनिक गरेको हो । ‘लेटर ग्रेडिङ’ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरिएको हो । नतिजा विभिन्न माध्यमबाट हेर्न सकिन्छ ।

नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको छ । परीक्षाको नतिजा आईभीआर, एसएमएस तथा वेबसाइटमार्फत् प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ । नतिजाका लागि नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइल फोन प्रयोग गर्न सकिने छ । यसअनुसार सिधै १६०० डायलगरी प्राप्त निर्देशन अनुसार गरेमा नतिजा थाहा पाउन सकिने छ ।

त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसईई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर (SEE <space> <symbol number>) टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिने टेलिकमले जनाएको छ । नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत् मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *