बक्यौता नतिर्ने उद्योगको सेयर रोक्का गर्न कम्पनी रजिष्ट्रारलाई विद्युत् प्राधिकरणको पत्र

सेयर गर्नुहोस्

१३ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले महसुल नतिर्ने उद्योगहरूको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बुधबार पत्राचार गर्दै ३४ वटा उद्योगको खाता रोक्का गरिदिन राष्ट्र बैंकलाई आग्रह गरेका हुन्। त्यस्तै, बक्यौता नबुझाउने उद्योगका लगानीकर्ताले अन्य कम्पनी चलाएको भए उनीहरूलाई सेयर जारी गर्न र धितो बन्धक दिन रोक्का गरिदिन कम्पनी रजिस्ट्रारको कार्यालय र धितोपत्र बोर्डलाई पनि उनले आग्रह गरेका छन्।

प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता रहेका उद्योगका कार्यकारी सञ्चालकहरूको घरको लाइन समेत काट्ने भएको छ। प्राधिकरण विद्युत महसुल संकलन विनियमावलीमा लाइन काट्न मिल्ने व्यवस्था रहेकाले सोही व्यवस्था बमोजिम काट्न लागिएको प्राधिकरणले जनाएको छ।विद्युत नियमन आयोगले उद्योगमा लाइन नकाट्न निर्देशन दिएको र प्राधिकरण सञ्चालक समितिले समेत उद्योगमा लाइन नकाट्ने वैकल्पिक माध्यमबाट बिजुलीको बक्यौता उठाउने निर्णय गरेको थियो। त्यसपछि प्राधिकरणले वैकल्पिक बाटो अनुसार बक्यौता रहेका उद्योगीलाई दबाब दिन यस्तो गर्न लागिएको प्राधिकरण स्रोतले जनाएको छ। विद्युत् महसुल बापतको बक्यौता सार्वजनिक राजस्व भएका कम्पनीको अन्य कुनै कम्पनीमा सेयरमा लगानी भएको भए उक्त कम्पनीको शेयर एवम् विद्युत् महसुल बक्यौता राख्ने कम्पनीको सञ्चालकको उक्त कम्पनीमा सेयर कुनै पनि प्रकारले हक हस्तान्तरण गर्न र धितोबन्धकी दिन नपाउने गरी रोक्का गरी विद्युत् महसुलबापतको बक्यौता सार्वजनिक राजस्व रकम असुलीको लागि आवश्यक सहयोग गरिदिनु आग्रह गर्दै बिद्युत प्राबिधिकरणको पत्रमा उल्लेख छ ।

मन्त्रिपरिषद्को कात्तिक २५ को निर्णय र विद्युत् नियमन आयोगको मंसिर ११ को निर्देशनअनुसार घिसिङले कम्पनी रजिष्ट्रारको कार्यालयलाई बक्यौता नतिर्ने उद्योगको सेयर कारोबारमा रोक लगाउन पत्राचार गरेका हुन् । आयोगले नेपाल विद्युत् प्राधिकरणले बक्यौता असुलीको लागि उद्योगको विद्युत् विच्छेदको बाहेकका कारबाही गर्न निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *