२९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिगको लिग चरणको अन्तिम खेलमा चितवन राइनोज विजयी भएको छ। शनिबार टियू मैदानमा भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ३२ रनले हराउँदै चितवन प्लेअफ नजिक पुगेको हो।प्लेअफमा स्थान पक्का गर्न उसले भोलि हुने काठमाडौं गुर्खाज र विरानटर किंग्सबीचको खेलमा काठमाडौं झिनो अन्तरले विजयी वा पराजित भएमा हुनेछ।यता, चिवनको जितसँगै १ खेल खेल्न बाँकी रहेका विराटनगर र पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन्। दुवै अन्तिम खेल जितपनि उनीहरुको समान ६ अंक मात्र हुनेछ। पहिला ब्याटिङ गर्दै चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा १४८ रनमा अलआउट भयो। उसका लागि जिमी निशमले विस्फोटक इनिङ खेलेपनि अन्यले योगदान दिन नसक्दा जनकपुरले जितका साथ लिग समाप्त गर्न सकेन। निशमले २४ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ६५ रन बनाए। उनले १८ बलमै अर्धशतक बनाउने एनपिएलकै सर्वाधिक छिटो अर्धशतक बनाउने कीर्तिमान बनाए।
यस्तै, आसिफ सेखले २३ र शुभ कंशकारले १३ रन बनाए। बलिङमा चितवनका रिजन ढकाल, सोहेल तनवीर र कुशल मल्लले समान २ विकेट लिए।त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १८० रन बनायो।चितवनका लागि कुशलले विस्फोस्टक ब्याटिङक गर्दै अर्धशतक बनाए। उनले ४१ बलमा ७ छक्का र ३ चौका मद्दतमा ७२ रन बनाए। उनको जारी लिगमा पहिलो अर्धशतक हो। यस्तै, रवि बोपराले ३२ बलमा ५ चौका र १ छक्का मद्दतमा ४४ रन बनाए।यी दुईले चौथो विकेटका लागि ११३ रनको उत्कृष्ट साझेदारी गरेका थिए। त्यसअघि ओपनर हसन इसाखिलले १९ बलमा ४ चौका र १ छक्का मद्दतमा २८ रनको पारी खेलेका थिए।बलिङमा जनकपुरका ललित राजवंशीले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २ मेडनसहित ११ रन मात्र खर्चेर २ विकेट लिए। यस्तै, हर्ष थाकर, मोहम्मद मोहसिन र जिमी निशमले समान १ विकेट लिए।जनकपुर यसअघि नै प्रतियोगिताको प्लेअफमा पुगिसकेको छ भने चिवतनलाई जित आवश्यक छ।