रबि लामिछानेको थुनछेक बहस हेर्दैमा, परिवारको जिम्मामा छाडियो

सेयर गर्नुहोस्

१० माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ । जिल्ला अदालत रुपन्देहीमा जारी बहस नसकिएपछि भोलि पुनः हुनेगरी आज हेर्दाहेर्दैमा राखिएको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछाने हिजो अदालत उपस्थित भएका थिए । हिजो उनको बयान भएको थियो भने आजबाट थुनछेक बहस सुरु गरिएको हो । जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा उनको बहस भइरहेको छ । आज पनि रबि लामिछानेलाई उनकी श्रीमती निकिता पौडेले र कानुन ब्यावसायीको जिम्मा लगाउने आदेश भएको अदालत स्रोतले जानकारी दिएको छ ।

बिहीबार सरकारी वकिलहरूले थुनछेक बहस गरेका थिए । सरकारी वकिलहरूको बहस सकिएपछि पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए । पीडितका तर्फबाट बहस गर्न रुपन्देही पुगेका अर्का वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले भने भोलि मात्रै बहस गर्नेछन् ।
सुप्रिमको बचत अपचलन कसुरमा जिल्ला अदालत रुपन्देहीमा हालसम्म ४२ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ। प्रतिवादी ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा एक अर्ब ४३ करोड ८६ लाख २ हजार एक सय ३५ रुपैयाँ बिगो मागदाबीसहित अभियोग लगिएको हो ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा एक हजार ९ सय ३ तीन जना बचतकर्ता थिए । जसमा एक हजार ८ सय ७२ जनाले ४२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए ।

यसअघि लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीको अभियोगमा ६५ लाख र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगीको अभियोगमा ६० लाख धरौटीमा रिहा भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *