रित्तो ग्रागी बोकर पानी माग्न सिहंदरबार आएर हर्क साम्पाङले मिडिया स्टनबाजी गरे : खानेपानीमन्त्री यादव

सेयर गर्नुहोस्

११ माघ,काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानका मेयर हर्क साम्पाङले रित्तो ग्रागी बोकर पानी माग्न सिहंदरबार आएर मिडिया स्टनबाजी गरेको आरोप लगाएका छन्। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले स्टाबाजी गर्ने भन्दापनि काम गरेर देखाउने भन्दै एक वर्षभित्र धरानमा खानेपानीको समस्या समाधान गरेर देखाउने बताए। ‘धरान जस्तो धेरै गाउँपालिका र नगरपालिका छन्। समस्या धेरैतिर छ। तर यसरी रित्तो गाग्री बोकेर वा एउटा गाग्रीमा पानी भरेर समस्या समाधान हुँदैन्,’ उनले भने, ‘मिडिया स्टनबाजी गर्ने छुट्टै हो, काम गर्ने छुट्टै हो।

हामी काम गरेर देखाउँछौं । अबको एक वर्षभित्रमा काम गरेर देखाइदिन्छु।’ त्यस्तै उनले धरानमा पानीको व्यवस्था गर्नको लागि करिब छ अर्बको बजेट छुट्याइएको बताए। ठूलो बजेट भएकाले एडीबीको ऋण सहयोगबाट धरानको खानेपानीको समस्या समाधान गर्न लागेको उनले जानकारी दिए। ‘संघले आफ्ना नागरिकलाई पानी दिन आतुर छ। प्रधानमन्त्री र म बीच धरानको खानेपानी समस्याबारे छलफल भएको छ। करिब छ अर्बको बजेट छ हामीसँग। त्यहाँको समस्या भनेको जग्गा अतिक्रमण गर्नुपर्ने छ,’ उनले भने, ‘प्रधानमन्त्रीको निर्देशन अनुसार धरानमा पानीको व्यवस्था गर्छौं। एडीबीको ऋण सहयोग त्यहाँ खर्च गर्ने सल्लाह भएको छ। किनकी ठूलो बजेटको कुरा छ। छलफल गरिसकेको छौं। त्यो ऋण सहयोगबाट धरानको खानेपानीको समस्या समाधान गर्छौं। मन्त्री यादवले पहिला पनि निर्वतमान मेयरले बहादुरी देखाउन खोज्दा जनताले पाइराखेको खानेपानी पनि गुमाउन पुगेको स्मरण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *