चारा घोटाला कान्डः पूर्व मुख्यमन्त्री लालु यादवलाई ५ वर्ष जेल सजाय

सेयर गर्नुहोस्

विहार–विहारका पूर्व मुख्यमन्त्री तथा आरजेडीका नेता लालु यादवलाई पाँचौ चारा घोटला कान्डमा अदालतले ५ वर्ष जेल सजाय सुनाएको छ । विशेष अदालतले सोमबार यादवलाई ६० लाख भारु जरिवान समेत तोकेको छ ।

लालुलाई अदालतले १५ जनवरीमा दोषी ठहर गरेको थियो । सो कान्डमा तानिएका ९९ जनामध्ये २४ जनालाई अदालतले सफाइ दिएको दिएको थियो । त्यस्तै, ४६ दोषीलाई तीन वर्ष जेल सजाँय सुनाइएको थियो ।

यसअघि चार ओटै चारा घोटला कान्डमा उनी दोषी ठहर भएका थिए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

Leave a Reply

Your email address will not be published.