आज काठमाडौं महानगरको सेवा प्रवाह बन्द रहने

सेयर गर्नुहोस्

काठमाडौं, २९ मंसिर
काठमाडौं महानगरपालिकाको सेवा प्रवाह आज बिहीबार बन्द रहने भएको छ ।

आज महानगरको २८औँ दिवस मनाइने भएपछि केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्मका सेवा बन्द रहने सार्वजनिक सूचनामार्फत जनाइएको छ ।

महानगरको प्रशासन विभागका अनुसार काठमाडौं महानगर, मातहतका सबै विभाग, आयोजना, कार्यक्रम,  वडा कार्यालय र एकाइबाट प्रवाह हुने सेवा आज बन्द हुनेछ ।

Leave a Reply

Your email address will not be published.