गृहमन्त्री लामिछानेले डाके सिडिओ र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक

सेयर गर्नुहोस्

काठमाडौं, १८ पुस
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षास्थितिको जानकारी लिन बैठक डाकेका छन् । लामिछानेले आज बिहान ९ बजे भर्चुअल बैठक डाकेका हुन् ।

बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेका प्रमुख सचिव दीपक बोहराले जानकारी दिए ।

उनका अनुसार बैठकमा नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचार लगायतका विषयमा छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published.